कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी ! कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका लगायतमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ रामपुर बस्ने रामशरण चौधरीको घरबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका ८ बस्ने २४ वर्षीय रोशन शाह समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *