सेनाको ‘क्याप्टेन हुँ’ भन्दै नक्कली परिचय-पत्र लिएर हिँड्ने युवक पक्राउ

जाजरकोट । नेपाली सेनाको क्याप्टेन हुँ भन्दै स्थानीयमा धाक लगाएर हिँड्ने एक युवक पक्राउ परेका छन् । जाजरकोट नलगाड नगरपालिका- १३, खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनकाे साथबाट सेनाका  नक्कली कागजात समेत बरामद गरिएकाे छ ।

सूचना पाएपछि इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गरेकाे हो । सरकारी छाप र दस्तखतको दुरुपयोग गरी सह-सेनानी पदकाे नक्कली परिचय पत्र बनाई हिँड्ने र धाक लाउने गरेको भन्ने गोप्य सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे ।

पक्राउ परेकाे गिरीकाे साथबाट नेपाली सेनाको सह-सेनानी दर्जासहितको फोटो भएकाे नक्कली परिचय पत्र बरामद गरिएकाे छ । प्रहरीका अनुसार पक्राउपछि जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *