कैलालीमा सार्वजनिक बस भित्रै बिद्यार्थीमाथि चक्कु प्रहार

धनगढी ! कैलालीमा बिद्यार्थिहरु बिच बिवाद हुँदा चक्कु प्रहार भएको छ । जिल्लाको को घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु बिच सुखड देखी मसुरिया आउने क्रममा बिवाद भएपछि चक्कु प्रहार भएको हो । सार्वजनिक बसमै बिवादका कारण चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् ।

घोडाघोडी बुहुमुखी क्याम्पसमा अध्यनरत गौरीगंगा ८ बढैपुरका सागर सुनारलाई सार्बजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ का सुनिल आउजी र गौरीगंगा ५का पुष्कर भाटले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता बेदप्रकाश जोशीले जानकारी दिए । चक्कु प्रहार गर्ने दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । घाईते सागर सुनारको घाटी, हात र खुट्टमा चोट लागेको छ । उनको पहलमानपुर पोलिकिल्नीकमा उपचार भैरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *