प्र्याङ्कको नाममा महिलालाई एसिड छ्यापिदिन्छु भन्दै तर्साउने युटुबर पक्राउ

काठमाडौं ! प्र्याङ्कको नाममा महिलालाई एसिड छ्यापिदिन्छु भन्दै तर्साइ युट्युबमा भिडिओ बनाएर हाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरेको हो।
उनी बदमाश केटा नामको युट्युब च्यानल सञ्चालन गर्थे। एउटा भिडिओमा उनले बाटोमा हिँडिरहेकी एक महिलालाई, ‘साथमा भएको पैसा, मोबाइल, गरगहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *