चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं । घर भाडामा लिई कल सेन्टर सञ्चालन गरी साइबर धन्दा चलाउने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंको तीनकुनेमा घर भाडामा लिई कल सेन्टर सञ्चालन गरेर साइबर धन्दा चलाउन चिनियाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

प्रहरीको साइबर अपराधको आशंकामा प्रहरीले उक्त कल सेन्टरमा छापा मारेको थियो । छापा मार्ने क्रममा कल सेन्टरको आवरणमा चिनियाँ नागरिकले गैरकानुनी धन्दा गरेको प्रहरीले प्रमाण फेला पारेको थियो ।
कल सेन्टरबाट प्रहरीले ल्यापटप बरामद गरेको छ ।

आइतबार बुटवलमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा पनि छापा प्रहरीले छापा मारेको छ । उक्त कल सेन्टरबाट सञ्चालकसहित डेढ सय युवायुवतीलाई प्रहरीले पक्राउ गरेकोे छ ।

पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरुको आपराधिक गतिविधि सल्बलाउँदै आएको छ । कल सेन्टरका नाममा धन्दा चलाउदै अँएका चिनियाँ नागरिकलाई काठमाडौंको बानेश्वर, सामाखुसी र भक्तपुरबाट यसअघि नै पक्राउ गरेर मुद्दा चलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *