गोदावरी -६ मा एमालेका वडा अध्यक्षका उम्मेदवार चौधरीका भाई माथि धारिलो हतियार प्रहार

अत्तरिया ! गएराती कैलालीको गोदावरी -६ मा झडप भएको छ । एमाले र कांग्रेसका कार्यकर्ता बिच गएराती ११ बजे तिर झडप भएको हो । झडप मा परी एमाले का वडा अध्यक्षका उम्मेदवार जग्गुराम चौधरी का भाई बिन्तीराम चौधरी घाइते भएका छन् ।

उनको पाखुरा मा धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट बिन्तीको पाखुरामा गहिरो चोट लागेको छ । बिन्ती कि श्रमती माथि पनि आक्रमण गरिएको छ ।  उनिहरु को पद्मा अस्पताल मा उपचार भैरहेको छ। यस्तै अन्य ५ जना पनि सामान्य घाइते भएका छन् ।
घटना कसरी भयो ?
एमाले वडा नम्बर १ का अध्यक्ष का उम्मेदवार शर्मानन्द भट्ट सहित को टोली राती  घुम्ने भन्दै वडा नम्बर ६ पुग्यो । त्यहाँ कांग्रेसका उम्मेदवार जयराज फुलारा सहित सबै संग भेटघाट र रमाइलो चुनाबी ठट्टा पनि भयो । त्यसपछि उक्त टोली सौहार्दपूर्ण वातावरणमा नै छुट्टियो ।
भट्ट सहितको टोली एमाले वडा अध्यक्षका उम्मेदवार जग्गु को घर जाने बेला कांग्रेस कै अर्को समूह एक्कासि आएर अट्याक गरेको एमालेका उम्मेदवार जग्गुले बताए । कांग्रेसका युवाहरुले राती राती किन गाउँमा आएको भन्दै आक्रमण गरेको बुझिएको छ ।
त्यसपछि केही बेर तनाब भएको थियो । घटना स्थलमा प्रहरी निकै ढिलो पुगेको स्थानीयले बताएका छन् ।आक्रमण मा संलग्न  हरुलाई पक्राउ गर्नुपर्ने एमालेले माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *