महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा पूर्वी रूकुममा माओवादीका तीन नेता पक्राउ

काठमाडौं ! महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।

वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरुले अपहरण गरेर लगेको आरोप छ।
अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जंगलमा उनको शव फेला पारेको हो। महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *