आफ्नै घरमा भात खाँदै गरेकी ११ वर्षकी बालिकामाथी हातपात गर्ने एक जना विरुद्ध मुद्दा दर्ता, आरोपित छुटाउन काङ्ग्रेस नेता- कार्यकर्ताको दवाव

कैलाली । दिनदहाडै अर्काको घरमा प्रवेश गरी बालिकामाथी यौन दूर्व्यवहार गर्ने धनगढीका जगत कुँवरविरुद्ध बाल यौन दूर्व्यवहारको मुद्दा दर्ता भएको छ ।

अछामको खाल्सैन पुर्ख्यौली घर भई कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहेडी घर बनाई बसिरहेका ५१ वर्षका जगत कुँवरविरुद्ध ११ वर्षकि बालिकालाई यौन दूर्व्यवहार गरेको भन्दै आज जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो । आरोपित कुँवरलाई बुधबार बेलुका वडा प्रहरी कार्यालय धनगढीले पक्राउ गरि हिरासतमा राखेको थियोे ।
आरोपित कुँवरले बुधबार दिउँसो साढे १ बजेको समयमा बालिकाको घरमा प्रवेश गरी कोठाभित्र बसिरहेकी बालिकामाथी हातपात गरेको र त्यो कुरा बालिकाले अपरान्हतिर अभिभावकलाई भनेपछी घटना बाहिरिएको हो ।
आरोपित जगत घटनालगत्तै फरार भएका थिए । बालिकाका अभिभावकले फोन गरि सम्पर्कमा ल्याएपछि उनले ‘मबाट गल्ती भयो, जेल हाल्ने भए हाल्नुस्’ भन्दै उल्टै चेतावनी दिएपछि प्रहरी बोलाई जिम्मा लाएको बालिकाका दाइले बताएका छन् ।
जगत पक्राउ परेपछि उनकी श्रीमती दुर्गा कुँवर, छोरी माया र ममतालगायत परिवार बालिकाको घरमा गई उल्टै मेरो श्रीमान्लाई फसाउने भन्दै बालिका र उनकी दिदीलाई अश्लील शब्द प्रयोग गरि गालि बेइज्जतीसहित कुटपिट गर्न गएपछि छिमेकीले जोगाएका थिए ।
बालिकाका अभिभावकले दोषी जगतमाथी कडा कार्वाहीको माग गरेका छन् ।
घटना दर्ता नगर्न बरू जगतलाई खुट्टा ढोगाई माफी मगाउने र दिसापिसाब खुवाउने भन्दै काङ्ग्रेसका स्थानीय नेता कार्यकर्ताले घटना घटेको दिनदेखि नै घरमै आएर डर, धाकधम्की देखाइरहेको पनि अभिभावकको गुनासो छ ।
तर नाबालिकमाथी दिनदहाडै आफ्नै घरमा बसिरहेको बेला भएको यो अपराध क्षम्य नहुने भन्दै आफूहरू कानुनी बाटोमा गएको अभिभावकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *