काठमाडौँ- सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नु भएको छ ।
सहकारी ठगी प्रकरणमा लामिछानेलाई शुक्रबार साँझ पार्टी कार्यालय बालाजुबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित कार्यकर्ता र सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले आफूले कुनै अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउने बताउनुभयो ।
उहाँले आफूलाई पक्राउ गरेको घटनालाई देशको आशा र भरोसामाथि प्रहार भएका रुपमा लिएको जिकिर गर्नुभयो ।
आफूलाई आगामी दिनमा चुनाव लड्न नदिने र आफ्नो पार्टी रास्वपालाई पनि फुटाउने नियतका साथ आफूमाथि पूर्वाग्रह साँधिएको सभापति लामिछानेको जिकिर थियो ।