आईसीसी टी–२० विश्वकप : आज अमेरिका र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज अमेरिका र आयरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

लाउडरहिलमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा रहेको अमेरिकाले ३ खेलमा २ जित हात पार्दैं ४ अङ्क बटुलेको छ । र दोस्रो स्थानमा छ ।

अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । त्यस्तै आयरल्याण्डले भने यसअघि लगातार दुई खेलमा हार बेहोरेको छ ।