आईसीसी टी-२० विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा न्युजिल्याण्ड पराजित

काठमाडौं ! आईसीसी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजील्याण्डलाई हराएको छ । शनिबार बिहान सम्पन्न खेलमा अफगानिस्तानले न्युजील्याण्डलाई ८४ रनले हराएको हो । टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलोपटक हो ।

अफगानिस्तानले  दिएको १६० रनको लक्ष्य पछ्याएको न्युजील्याण्ड १५.२ ओभरमा मात्रै ७५ रन बनाउँदै अल आउट भयो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जीत हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।

न्युजिल्याण्डलाई सस्तोमा समेट्न फजाल्हाक फारूकीले ४ विकेट लिए । उनले ३.२ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै रशिद खानले पनि चार विकेट लिए । खानले पनि चार ओभरमा १७ रन मात्रै दिए ।

न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भए भने गुरबाजले सर्वाधिक ८० रन बनाए । अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए ।

न्युजिल्याण्डका लागि ट्रेन बोल्टर म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।