अफगानिस्तानलाई हराउदै नेपाल पुग्यो यू-१९ विश्वकपको सुपर सिक्समा

काठमाडौं ! अफगानिस्तानलाई हराउदै नेपाल यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा पुगेको छ। नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो।

जितको लागि १४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो। नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले। त्यस्तै तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट प्रदर्शनले नेपालको जितमा ठुलो योगदान पुर्यायो।

नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । नेपालले सुपर सिक्समा समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह ए बाट आउने शीर्ष तीन टोलीसँगै नेपाल, न्युजिल्यान्ड र पाकिस्तान एउटा सुपर सिक्समा हुनेछन् ।