१९ औँ एसियाली खेलकुद : नेपालले दियो मंगोलियालाई ३१५ रनको लक्ष्य

काठमाडौं ! १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मङगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा मात्र ३ विकेट गुमाएर ३१४ रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए ।  उनले मात्रै ५० बलमा १३७ रन बनाए । १३७ रन बनाउने क्रममा उनले ८ चौका र १२ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले २७ बलमा ६१ रन बनाए । उनले २ चौका र ६ छक्का हाने । दिपेन्द्र सिंह ऐरीले मात्रै १० बलमा ५२ रन बनाए । उनले ८ छक्का प्रहार गरे ।