इन्डियन प्रिमियर लिग : मुम्बई इन्डियन्सद्वारा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित

काठमाडौं ! इन्डियन प्रिमियर लिग (आईपीएल) को १००० औँ खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । राजस्थानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पछ्यायो ।

रोमाञ्चक खेलमा मुम्बईलाई अन्तिम ओभरमा १७ रन आवश्यक थियो। टिम डेभिडले पहिलो ३ बलमा ३ छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । डेभिड १४ बलमा ४५ रन बनाएर नटआउट रहे । यसअघि मुम्बईका लागि सूर्यकुमार यादवले २९ बलमा ५५ रन बनाए । उनी आउट हुँदा मुम्बईलाई ४ ओभरमा ५७ रन चाहिएको थियो। १६औं ओभरमा सूर्यकुमार यादवको विकेट खसेपछि ब्याटिङमा आएका टिम डेभिडले टोलीलाई जीतसम्म डोर्‍याए ।

पहिलो इनिङ्समा राजस्थानका २१ वर्षीय यशस्वी जैसवालले ५३ बलमा शतक प्रहार गर्दै टोलीको स्कोर २०० भन्दा माथि पुर्‍याएका थिए । उनले ६२ बलमा १२४ रन बनाएर नटआउट रहे । यो उनको आईपीएल करियरको पहिलो शतक पनि हो ।  यही प्रदर्शनका लागि उनले प्लेयर अफ द म्याचको अवार्ड पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *