आइपिएल : सनराइजर्स हैदराबादद्वारा दिल्ली क्यापिटल्स पराजित

एजेन्सी ! सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल) ४० औं खेलमा  दिल्ली क्यापिटल्सलाई हराएको छ । दिल्लीस्थित अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबादसँग  दिल्ली ९ रनले पराजित भएको हो ।जितको लागि १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रनमा समेटियो ।

दिल्लीका मिचेल मार्शले ३९ बलमा १ चौका र ६ छक्कासहित ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । ओपनर फिलिप साल्टले ५९, अक्षर पटेलले २९, प्रियम गर्गले १२, रिपल पटेलले ११ र शरफराज खान ९ रन बनाए । कप्तान डेबिड वार्नरलाई शुन्य रनमा आउट हुँदा  मनिष पाण्डे एक रन मात्र जोड्न सके । हैदराबादका स्पिनर मयंक मारकन्डेले २, भुवनेश्वर कुमार, अकिल हुसैन, टि नटराजन र अभिषेक शर्माले समान एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको हदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । हैदराबादका अभिषेक शर्माले ६७, हेनरक क्लासेनले ५३, अब्दुल सामद २८ र अकिल हुसैनले १६ रन बनाए । यस्तै राहुल त्रिपाठ १०, एडम माक्ररम ८, मयंक अग्रवाल ५ र ह्यारी ब्रुक शुन्यमा आउट भए ।

दिल्लीका मिचेल मार्शले रन खर्चेर ४ विकेट लिँदा अक्षर पटेल र ईशान्त शर्माले समान एक विकेट लिए । ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गरेपछि  दिल्ली हारेपनि मिचेल मार्शले खेलको प्लेयर अफ द म्याच चुनिए । दिल्ली ८ खेलमा २ मा जित र ६ मा हारसहित पुछारमा छ । दिल्ली प्लेअफमा पुग्न अव बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । हैदराबाद ८ खेलमा ३ जित र ५  हारसहित ६ अंकका साथ आठौं स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *