आइपिएल २०२३ : कोलकतालाई हराउँदै चेन्नई शीर्ष स्थानमा

काठमाडौं ! चेन्नई सुपरकिंग्स आइपिएल २०२३ को शीर्ष स्थानमा उक्लिएको छ।

आइतबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ४९ रनले  पराजित गर्दै चेन्नई १० अंक जोडेर शीर्ष स्थानमा पुगेको हो। कोलकता ४ अंकसहित आठौं स्थानमा छ।

कोलकताको इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा २३५ रन जोड्यो।

चेन्नईका लागि डेवन कनवेले ५६ रन, अजिन्का राहाणेले ७१ रन र शिभम् दुवेले ५० रनको योगदान गरे।

२३६ रनको लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ८ विकेटको क्षतिमा १८६ रन जोड्यो।

 

कोलकताका जासन रोएले ६१ रन जोड्दा रिन्कु सिंहले नटआउट ५३ रन जोडे।

बलिङमा चेन्नईका तुसार देशपाण्डे र महीस तिक्षनाले २-२ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *