काठमाडौँमा हुने प्रिमियर कपको लागि नेपाली टोली घोषणा

काठमाडौं ! क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले काठमाडौँमा हुने प्रिमियर कप प्रतियोगिताको लागि प्रारम्भिक टोली सार्वजनिक गरेको छ । क्यानले आज २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।

प्रारम्भिक टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, भिम सार्की, प्रतिष जिसी , ललित राजबंशी, सन्दिप जोरा, मौसम ढकाल, कमल सिंह ऐरी,  अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल रहेका छन् । यी २१ मध्ये बाट क्यानले १५ सदस्यीय अन्तिम टोलि घोषणा गर्ने छन् ।

यस प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  यदि नेपालले आफ्नै मैदानमा हुने यो प्रिमियर कपको उपाधि जितेमा नेपालले र पाकिस्तानसँग खेल्न पाउने छ । प्रिमियर कपको बिजेता एसिया कपको लागि छनौट हुने पक्का भईसकेको छ । प्रिमियर कपको बिजेता एसिया कपको समुह ए मा पर्ने पनि पक्का भईसकेको छ । एसिया कपको समुह ए मा भारत र पाकिस्तान रहेका छन् । यदि नेपालले नेपालमा हुने यो प्रिमियर कपको उपाधि जितेमा आगामी सेप्टेम्बरमा नेपालले भारत तथा पाकिस्तानसँग खेलेको हेर्न पाइने छ । एसिया कपको लागि भारत, पाकिस्तान,अफगानिस्तान, बंगलादेश र श्रीलंका छनौट भईसकेका छन् । एसिया कपको लागि अफगानिस्तान, बंगलादेश र श्रीलंका भने समुह बि मा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *