काठमाडौं ! आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपालले युएईलाई डिएल मेथड अनुसार जितेको हो ।
आजको जित सँगै नेपाल एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा प्रवेश गरेको छ। खेलमा नेपालले जितको लागि ३११ रनको लक्ष्य पाएकोमा ४४ ओभर सकिंदा ६ विकेटको क्षतिमा २६९ रन बनाएको थियो ।
त्यस पछि उज्यालो कम हुँदै गए पछि नेपालले डिएल मेथडबाट खेल जितेको हो ।