आईसीसी यू–१९ विश्वकप छनौट : नेपालले युएईलाई १९२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको खेलमा नेपालले युएईलाई १ सय ९२  रनको लक्ष्य प्रस्तुत गरेको छ।

 

 

अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल ४८ दशमलव  ५ ओभर खेल्दै १ सय ९१ रनमा अलआउट भएको हो । नेपालका लागि देव खनालले सर्वाधिक ५१ रन बनाए।

विशाल विक्रम केसीले ३८, उत्तम थापा मगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाए । अरू खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

आजको खेल जित्ने टिमले यू–१९ विश्वकपमा स्थान बनाउने छ। दुवै टोलीले यसअघिका ४ खेल जितेका छन् । दुवैको समान अंक रहे पनि युएई नेट रनरेटको आधारमा शीर्ष र नेपाल दोस्रो स्थानमा छन् ।

नेपाल र युएईबीचको खेलको विजेता टोलीले प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *