सन्दीप लामिछानेको निलम्बन क्यानले गर्‍यो फुकुवा

काठमाडौं । नाबालिग जबर्जस्तीकरणी अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा भएको छ ।

पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय कार्यसमिति बैठकले सन्दीपमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

क्यानका एक सदस्यले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा भएसँगै खेलमा फर्किने बाटो खुलेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *