यूएईविरुद्धको खेलमा नेपालको खराब प्रदर्शन : ८ रनमै भयो अलआउट

काठमाडौँ — आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ ।

मलेसियाको यूकेएम ओभलमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपाली टिम ८ ओभर १ बलमा न्यून स्कोरमा समेटिएको हो ।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै उच्च स्कोर बन्न पुग्यो । नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् ।

खेलमा यूएईले ७ बलमै नेपाललाई १० विकेटले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *