फाइनलमा पपुवा न्यु गिनीलाई हराउँदै नेपाल त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको विजेता

काठमाडौँ ! दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्‍यो ।

दीपेन्द्रले उत्कृष्ट बलिङ गरि ४ विकेट लिएपछि १ सय ६९ रनको विजय लक्ष्य लिएर पीएनजी १६.१ ओभरमा १ सय १८ रनमा अलआउट भयो । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *