नेपाल युएईसँग ४८ रनले पराजित

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू एकदिवसीय सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ।

नेपालले ३५.‍१ ओभरमा अल आउट हुँदै १२० रन मात्र जोड्न सक्यो।
नेपालका लागि रोहित पौडेल बाहेक अन्य ब्याटसम्यानले राम्रो पर्दशन गर्न सकेनन्।
युएईले नेपाललाई जितका लागि ४६.३ ओभरमा अल आउट हुँदै १६९ रनको लक्ष्य दिएको छ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बुधबार भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी(पीएनजी)लाई ४ बल बाँकी छदै २ विकेटले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *