आज नेपालले युएइ विरुद्ध क्रीकेट खेल्दै : युएईलाई हराए ८ वर्षपछि नेपाल फेरि विश्वकपमा

काठमाडौं ! नेपाली क्रिकेटका लागि मंगलबार अर्को इतिहास रच्ने मौका छ। मंगलबार ओमानमा हुने टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरूद्धको सेमिफाइनल जित्न सके नेपाल टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ। हारले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर हुनेछ।

यसपटकको टी-२० विश्वकपमा आगामी अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुँदैछ।

यो अवसर नेपाललाई ८ वर्षपछि आएको हो। नेपालले पछिल्लो पटक सन् २०१४ को आइसिसी टी-२० विश्वकप खेलेको थियो। सन् २०१३ मा भएको छनोट पार गरेर पहिलो पटक विश्वकप खेलेपछि नेपालमा क्रिकेटको उचाइ ह्वात्तै बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *