विश्वकप छनोट : ओमान विरुद्ध नेपालको शानदार जित

काठमाडौँ । ओमानमा जारी टी-२० विश्वकप छनोटअर्गत पहिलो खेलमा नेपाल विजयी भएको छ ।

नेपालले ओमानलाई ३९ रनले पराजित गरेको हो । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनामा आउट भए ।

नेपालका लागि कप्तान कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *