दोस्रो टी-२० सिरिजमा नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं । चारदेशीय टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।
ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा  ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।

यसअघि पहिलो सिरिजमा नेपालले शुक्रबार ओमानलाई पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *