एजेन्सी । आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो ।
न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमा अलआउट भयो ।
टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । योसँगै न्युजिल्यान्ड पहिलो पटक विश्वकप विजेता बनेको छ ।