२४ घण्टामा देशभर थपिए १२ हजार ८ जना कोरोना संक्रमित

काठमाडौं ! गत २४ घण्टामा देशभर १२,००८ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २५,९०९ जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन् ।

यसैगरी २४ घण्टाभित्र ८ जनाको मृत्यु भएको छ भने ३,०४० जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *