आज ४ हजार ६३६ जनामा कोरोना संक्रमण, चारको मृत्यु

काठमाडौं : नेपालमा एकैदिन ४ हजार ६ सय ३६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि १४ हजार ५५५ जनाको नमूना परीक्षण गर्दा पीसीआरबाट ३ हजार ७०३ र एन्टिजेनबाट ९३३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या बढेर २१ हजार ५८४  पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३५० जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो एक हप्तादेखि नेपालमा कोरोना संक्रमितहरुको संख्या ह्वातै बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *