एमाले पोलिटव्युरो सदस्य रानालाई कोरोना संक्रमण

कैलाली । पुर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कैलाली -५ बाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पूर्वमन्त्री रानालाई बिहीबार एन्टीजेन परीक्षणमा कोरोना पुष्टि भएको हो । पार्टिको जिल्ला अधिवेशन लगायतका कार्यक्रमका दौरान दौडधुपले उहाँमा संक्रमण परेको हो। एमाले कैलालीको इन्चार्ज समेतको भुमिकामा रहनुभएका राना अधिवेशन सफल बनाउन रातदिन फिल्डमा खटिनु भएको थियो।
कोरोना पुष्टि भए संगै उनी अहिले होम आइसुलेसनमा बसेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *