कोरोना महामारी अन्त्य भएको डब्ल्यूएचओ घोषणा

एजेन्सी ! विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस संक्रमणको महामारी अन्त्य भएको घोषणा गरेको छ ।

डब्ल्यूएचओका अध्यक्ष टेड्रोस अदनोम घेब्रेयसले संगठनको आपतकालीन समितिको बैठकले कोरोना महामारी अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनले थप स्पष्ट पार्दै भनेका छन्, ‘कोरोना महामारी र आपतकालीन अवस्थाको अन्त्य भए पनि कोरोना रोगका रूपमा भने कायमै रहेको छ ।’

डब्ल्यूएचओले ३० जनवरी २०२० मा कोरोना महामारीको घोषणा गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *