२४ घण्टामा ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं : एकैदिन थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ४९४५ नमूना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६२१ र एन्टिजेनबाट ३३२४ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २४६ र एन्टिजेनबाट ३७७ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४८७ जना कोरोनामुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *