२४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- नेपाल २४ घण्टामा थप ६ सय ३८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको २ हजार २ सय १५ पिसिआर परीक्षणका क्रममा ४ सय जना र २ हजार ८ सय ४० एन्टिजेन परीक्षणका क्रममा २ सय ३८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ । कोभिड संक्रमण दिनानुदिन उकालो लागि रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *