देशभर बढ्यो कोरोना : आजमात्र ५६८ जनामा संक्रमण

काठमाडौँ ! कोरोना भाइरसको संक्रमण बढेको छ। आज चार हजार ८०० परीक्षणमध्ये आज ५६८ जनामा संक्रमण देखिएको छ। सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ५३४ रहेको छ। त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। त्यसैगरी आज १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौँ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ। शून्य संक्रमित भएका जिल्लामा मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन्। अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष आईसीयूमा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ। यसैगरी विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *