२४ घण्टा भित्र भेटिए ३५७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं ! कोरोना भाइरसको संक्रमण पछिल्लो समय बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार ३ हजार ३२८ जनाको नमूना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मंगलवार थपिएकासँगै मुलुकभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ । जसमध्ये १ हजार ८६५ जना होम आइसोलेसनमा रहेका छन् । ११७ जना संस्थागत आइसोलेसन र १९ जना आईसीयूमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *