पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ७९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २८ जना र १ हजार २६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार २३४ पुगेको छ । सोही अवधिमा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३ हजार २४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *