२४ घण्टमा थप ८३६ कोरोना संक्रमित, १ हजार ८२६ निको, ४ को मृत्यु

काठमाडौँ — नेपालमा ८३६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५४ परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार २६० पीसीआर परीक्षणमा ४९१ र २ हजार ३९४ एन्टिजेन परीक्षण हुँदा ३४५ जनामा पोजिटिभ देखिएको हो ।

२४ घण्टामा १ हजार ८२६ निको भएका छन् भने ४ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

सोही अवधिमा २ लाख ८८ हजार ८३७ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

शनिबारसम्म नेपालमा सक्रिय स‌ंक्रमितको संख्या २६ हजार १०२ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *