२४ घण्टामा देशभर ३ हजार १ सय ७५ जना कोभिड १९ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोभिड १९ संक्रमित थपिएका छन् । १२ हजार ६०५ नमुनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ८  हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ ।

आज १४ जनाको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *