देशभर थप ६८२७ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४३२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ४२ हजार ४३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *