कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्ट्राचार मुद्दामा दोषी ठहर

काठमाडौं ! नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्ट्राचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्धय शालिकग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले यो मुद्दामा गुरुङसहित ११ जनालाई दोषी ठहर गरेको हो। विशेष अदालतले दोषी ठहर भएकाहरुको सजाय भने २५ फागुनमा सुनाउने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डप स्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरेको आरोपमा मुद्दा दायर गरेको थियो । बद्री प्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *