नक्सा तोडमोड गर्ने नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक ठाकुरप्रसाद गुरौसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

रुपन्देहीको साबिक सेमलार गाविस वडा नम्बर २(ग), किनं ३४८३ को ११ धुर क्षेत्रफल जग्गा खरिद गरेकामा जग्गाधनीको कुनै अनुमति र जानकारीबिना नापी कार्यालयका कर्मचारीले पछाडिको मोहडापट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यो खबर आजको राजधानी दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *