मधेस प्रदेशमा भ्रष्टाचारको बिगबिगी

जनकपुरधाम । मधेस प्रदेशको राजविराज नगरपालिकाका बहालबाला मेयर निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले असार २९ गते मेयर भीमराज यादवमाथि विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेपछि उनी निलम्बनमा परेका हुन्। आर्थिक वर्ष २०७३/७४ मा राज रंगशालाको स्तरोन्नतिका लागि भएको निर्माण कार्यमा न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालकसमेत रहेका मेयर भीमराज यादवविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको छ। मेयर यादवसँगै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठ, तत्कालीन जिल्ला विकास समिति (जिविस) सप्तरीका इन्जिनियर विकास श्रेष्ठ, तत्कालीन जिल्ला खेलकुद विकास समितिका प्रमुखद्वय लक्ष्मण मण्डल र महेन्द्रप्रसाद यादव, समितिका तत्कालीन अध्यक्ष एजेट न्यासुर, समितिका उपाध्यक्ष धीरेन्द्र बर्माविरुद्ध आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

न्यु गहिल कन्स्ट्रक्सन र सञ्चालक मेयर भीमराज यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा २ लाख ६३ हजार ४ सय ६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ। न्यु गहिल कन्स्ट्रक्सनका सञ्चालक यादव वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट राजविराजको मेयरमा निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *