अनियमितता : २ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८)मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्बन्ध निकट भएकै कारण ती ठेक्का एकै ठेकेदारले पाए ।

बोलपत्रअनुसार ‘सबैभन्दा कम मूल्य राख्ने ठेकेदारलाई ठेक्का पाइनु’ स्वाभाविक हो । यहाँ पनि यस्तै गर्न खोजियो तर बोलपत्रमा निकै न्यून मूल्य राखेर ठेक्का पाएकासँग ठेक्का सम्झौता भने पुरै मूल्यमा भएको देखिन्छ । ठेक्काको पहिलो किस्तासमेत निर्माण कम्पनीले पाइसकेको बताइन्छ ।

ठेक्का शीर्षक (१)अनुसार कोटथला, अम्तोली, पपरथला देवथली सडक निर्माण गर्न ८० लाख ४५ हजार ३१ रुपैया ९४ पैसामा ठेक्का आह्वान भयो । सो ठेक्कामा सबैभन्दा कम रकम हाल्ने निर्माण कम्पनी नार्गाजुन कन्सट्रक्सनले २ लाख ४ हजार १ सय २६ रुपैयाँ ३ पैसाको बोलपत्र हालेको छ । तर, निर्माण कम्पनीसँग १४ वैशाख २०७९ मा ८० लाख १९ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता भएको छ ।

ठेक्का शीर्षक (२)अनुसार बजाड–खात्काँडा सडक निर्माणका लागि ९५ लाख ९० हजार २ सय ५९ रुपैयाँ ३८ पैसा ठेक्का आह्वान गरियो । सो ठेक्का पनि नार्गाजुन कन्सट्रक्सनले नै पायो । तर, २८ लाख ६२ हजार १ सय ७४ रुपैयाँ ७५ पैसाको कोटेसन हालेकोमा ठेक्का सम्झौता भने ९५ हजार ६८ लाख ४१ रुपैयाँमा भएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *