अम्पायर कन्सलटेन्सी द्रारा नायक अनमोल केसीलाई व्यवसायिक दूतमा नियुक्त

काठमाडौं । अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरले अभिनेता अनमोल केसीलाई व्यवसायिक दूतको रुपमा नियुक्त गरेको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका प्रमुख एवं युवा व्यवसायी स्वतन्त्रप्रताप शाह र केसीले सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अब अनमोल केसीले उक्त कम्पनीको व्यवसायिक गतिविधिमा भाग लिनेछन् र भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य गर्ने जानकारी समेत प्राप्त भएको छ । यस कम्पनिका प्रमुख युवा व्यवसायी शाह एनआरएनए पनि हुन,जो लामो समयदेखी अस्ट्रेलियामा विभिन्न व्यवसायका साथै सामाजिक कार्यहरुमा पनि आवद्ध छन।             

Leave a Reply

Your email address will not be published. Required fields are marked *