कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

काठमाडौं । गत बुधबारदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज आज सकिँदैछ ।

भोलिबाट संसद बैठक भएकोले आज अबेरसम्म भएपनि बैठक सक्ने तयारी भएको हो । अब २० जना केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको छ । त्यसपछि पदाधिकारीले धारणा राखेर सभापतिले जवाफ दिएपछि निर्णय गर्ने तयारी रहेको बताइएको छ ।

बैठकमा गत बुधबार प्रस्तुत भएका ११ वटा एजेण्डा माथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राखिरहेका छन्।

त्यसपछि पदाधिकारीले आफ्नो धारणा राख्नेछन्। आजको बैठकले गत फागुनका सम्पन्न महासमितिले पारित गरेका प्रतिवेदनलाई पनि परिमार्जनसहित पारित गर्ने कांग्रेसको तयारी छ।