कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजपनि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।  बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ । नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् ।

साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।  बैठकमा बोल्ने अधिकांश नेताहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गुनासो गर्दै आएका छन् ।