काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ ।

त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् ।