काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा १३ को उपधारा १ बमोजिम घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।
रमेश लेखक ३१ असारमा गृहमन्त्री भएपछि काँग्रेसको प्रमुख सचेतक पद रिक्त थियो । घिमिरे सिन्धुली-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।