काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं ! नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । दलको बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिको बैठक राखेका छन् ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे सिंहदरवारस्थित दलको कार्यालयमा बस्न लागेको हो । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान राख्दै आएको काँग्रेसले संसद्का दुवै सदनमा अवरोध गर्दै आएको छ ।