काठमाडौ ! नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । संसद्को घटनाक्रमबारे छलफल गर्न कांग्रेसले आज दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको हो ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सहकारीको रकम हिनामिना प्रकरणको संसदीय छानबिन समिति नबनाउनेतर्फ सरकार उद्यत भएको निष्कर्ष निकालेको थियो ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति माग गरिरहेको छ । तर, सरकार तयार नभएपछि संसद प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।